ओपेक प्लस उत्पादकहरुले अप्रत्याशित रुपमा आइतबारको लागि योजना गरिएको बैठकमा ढिलाइ गरेपछि बुधबार कच्चा तेलको मूल्य साढे चार प्रतिशत घटेको छ ।
तेलको मूल्यमा गिरावट आएपछि ओपेक प्लसमा आवद्ध मुलुकले कच्चा तेलको उत्पादन कटौती गर्नसक्ने सम्भावनाबारे प्रश्न खडा भएको छ ।
बुधबार साँझसम्म ब्रेन्ट क्रुड फ्युचर प्रति ब्यारेल चार डलर घटेर ७८ दशमलव ४४ डलर कायम भएको छ ।
युएस वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेल पनि चार दशमलव दुई प्रतिशतले घटेर ७४ दशमलव ५१ डलर प्रति ब्यारेलमा झरेको छ ।
ओपेक प्लसले आफ्नो मन्त्रीस्तरीय बैठक नोभेम्बर २६ बाट नोभेम्बर ३० पु-याएको छ । तर बैठक स्थगित हुनुको कुनै खास कारण भने बताएको छैन ।
– Source: Internet