कसरी व्यवस्थापन हुँदैछ दशैंको सडक यात्रा ?

यातायात व्यवस्था विभागका निर्देशक इश्वरीदत्त पनेरुका अनुसार मुख्य सडकलाई मर्मत/सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध भइसकेको छ ।

सोमबारदेखि नै अग्रिम टिकट बुकिङ खुला गरी टिकट काट्न थालिएको छ ।

यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूणिर्मासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिएको छ ।

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चलन निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारीको हकमा भने बन्देज कायमै रहने छ ।

अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेक टे्रलरलगायत ठूला सवारी साधन २८ असोजदेखि ८ कात्तिकसम्म नारायणगढदेखि काठमाडौंसम्म चल्न रोक लगाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *