देशैभरको सडक अवस्थाबारे सडक विभागको विश्लेषण के छ ?

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल सडक विस्तारको कामले यात्रा कष्टकर हुनेदेखि यात्राको समय लम्बिन सक्ने अवस्था रहेको स्वीकार गर्छन् ।

यद्यपि कम सास्ती होस् भन्ने उद्देश्यले निर्माण कम्पनीहरुलाई सडक व्यवस्थापनको जिम्मा दिइसकिएको उनले जानकारी दिए ।

‘खाल्डाखुल्डी सकेसम्म नहोस्, भएको भए अब छिट्टै पुरिसक्नु भन्ने निर्देशन दिइसकेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘साइनिङहरु दुरुस्त राख्ने, ट्राफिक चुस्त राख्ने र कम जोखिममा यात्रा गराउन हामी शतप्रतिशत प्रयास गर्नेछौं ।’

मनसुन ढिला गरी सकिनु र एकैपटक धेरै स्थानमा सडक विस्तारको चरणमा रहेका कारण अहिले देशभरको सडकको अवस्थालाई ‘फेयर’ मात्र भन्न सकिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *