Skip to content
अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले दशैं अफर ल्याएको छ ।
कम्पनीले ल्याएको ‘दशैंको वहार, स्योर सट उपहार’ स्किम अन्तर्गत ग्राहकले आँफूलाई मन पर्ने उपहार छानेर लिन पाउनेछन् ।
दशैं तिहारमा अशोक लेल्याण्डको ट्रक, टिपर र वसको खरिदमा ग्राहकले आइफोन १५ प्रो म्याक्स, म्याकवुक प्रो, यूरोप टुर र आकर्षक गिफ्ट भौचरमध्ये एकलाई छानेर लिन पाउनेछन् ।
गिफ्ट भौचरमा निशुल्क सडक कर, इन्स्यूरेन्स र इन्धन सामेल गरिएको छ ।
कात्तिक १४ गतेसम्मका लागि ल्याइएको सो अफर अशोक लेल्याण्डको देशभर रहेका शोरुममा लागु हुने कम्पनीले जनाएको छ ।
देशभर बिक्री र बिक्री पछिको सेवा विस्तार गरेको आइएमई मोटर्सले पछिल्लो समय सो ब्रान्डको ट्रक, टिपर र वस राम्रो संख्यामा बिक्री गर्दै आएको छ ।
Post Views: 266