रत्ननगरको टाँडीमा खुल्यो एथरको १७औँ एक्सपिरियन्स सेन्टर

नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले डाइनामिक इनर्जी प्रालिअन्तर्गत नयाँ केन्द्र स्थापना गरेको हो । यसअघि डाइनामिक इनर्जीले चितवनको आस्था चोकमा एथरको पहिलो शोरुम सञ्चालन गर्दै आएको थियो । टाँडीमा दोस्रो शाखा सञ्चालनमा आएसँगै चितवनमा एथरका विद्युतीय स्कुटरको बिक्री तथा सेवा विस्तार भएको कम्पनीले जनाएको छ ।

नयाँ एक्सपिरियन्स सेन्टरबाट रत्ननगरसहित आसपासका क्षेत्रका ग्राहकले एथरका विभिन्न मोडलका स्कुटर अवलोकन गर्न, टेस्ट राइड लिन तथा तिनमा उपलब्ध प्रविधिबारे जानकारी प्राप्त गर्न सक्नेछन् । विद्युतीय सवारी प्रयोग गर्न चाहने ग्राहकलाई आवश्यक परामर्शसमेत एउटै स्थानबाट उपलब्ध गराउने कम्पनीको योजना छ ।
एथरले आफ्ना विद्युतीय स्कुटरमा यात्रालाई सहज, सुरक्षित र सुविधाजनक बनाउने उद्देश्यले विभिन्न आधुनिक प्रविधि समावेश गरेको छ । स्कुटरको थ्रोटलबाटै गति बढाउन र घटाउन सकिने ‘म्याजिक ट्विस्ट’ प्रविधिमा रिजेनेरेटिभ ब्रेकिङको सुविधा उपलब्ध छ । यसले स्कुटरको गति नियन्त्रणसँगै ब्याट्रीमा ऊर्जा पुनः सञ्चित गर्न सहयोग पुर्‍याउँछ ।

त्यस्तै, लामो दूरीको यात्रामा सहजता प्रदान गर्ने ‘इन्फिनिट क्रुज’ र आवाजको माध्यमबाट स्कुटरका विभिन्न प्रणाली सञ्चालन गर्न सकिने ‘भ्वाइस इन्टर्याक्सन’ सुविधा पनि एथरका स्कुटरका विशेषताका रूपमा रहेका छन् । यी प्रविधिले विद्युतीय स्कुटरको प्रयोगलाई थप सहज र आधुनिक बनाउने कम्पनीको दाबी छ ।
विद्युतीय स्कुटर खरिदपछि ब्याट्रीको दीर्घकालीन अवस्था र कार्यक्षमताबारे ग्राहकमा विश्वास बढाउने उद्देश्यले कम्पनीले ‘एथर एस्योरेन्स एट७०’ कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यस योजनाअन्तर्गत तोकिएका सर्त पूरा भएमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्म ब्याट्रीको क्षमता कम्तीमा ७० प्रतिशत कायम रहने सुनिश्चितता प्रदान गरिएको छ ।

कम्पनीका अनुसार हाल नेपालभर एथरका १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५३ भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा छन् । बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधार विस्तारलाई विद्युतीय सवारीको प्रयोग बढाउने महत्वपूर्ण आधारका रूपमा कम्पनीले अघि सारेको छ ।

टाँडीमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको अवसरमा एथरले ग्राहकका लागि विशेष छुट योजनासमेत सार्वजनिक गरेको छ । योजनाअन्तर्गत तोकिएका मोडलका स्कुटर खरिद गर्ने ग्राहकले आवश्यक सर्त पूरा गरी एक लाख रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

वैद्य इनर्जीले देशभर चार्जिङ सञ्जाल विस्तार, गुणस्तरीय बिक्रीपछिको सेवा र ग्राहककेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ । चितवनमा नयाँ केन्द्र सञ्चालनसँगै रत्ननगर तथा पूर्वी चितवनका ग्राहकलाई विद्युतीय स्कुटरको बिक्री, परीक्षण र सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *