सवारी करमा छुट दिएपछि कोशी प्रदेशको राजस्व संकलन झण्डै दोब्बर

काठमाडौं । प्रदेश सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत लामो समयदेखि कर नतिरेका सवारी साधनको बक्यौता कर, नवीकरण दस्तुर तथा पुराना सवारीको लगत कट्टासम्बन्धी कर र जरिवानामा छुट दिने व्यवस्था गरेको थियो। सरकारले उपलब्ध गराएको सहुलियतको अवसर उपयोग गर्दै सवारीधनीले पुरानो बक्यौता चुक्ता गर्न थालेपछि राजस्व संकलनमा वृद्धि भएको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालय र यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म सवारीसाधनसँग सम्बन्धित विभिन्न शीर्षकमा ९९ करोड ९३ लाख ९० हजार २१७ रुपैयाँ राजस्व संकलन भएको छ।

उक्त अवधिमा सवारी साधन कर, चालक अनुमतिपत्र, ब्लुबुक नवीकरण, रुट परमिटलगायतका शीर्षकबाट सरकारले उक्त रकम प्राप्त गरेको हो।

कर तथा जरिवानामा छुट दिएपछि लामो समयदेखि बक्यौता राखेका सवारीधनीसमेत कर तिर्न आकर्षित भएका छन्। यसले एकातिर सवारीधनीलाई पुरानो दायित्वबाट मुक्त हुन सहज बनाएको छ भने अर्कोतर्फ प्रदेश सरकारको राजस्व आम्दानी बढाउन सहयोग पुगेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *