अल्ट्राभायोलेटले ल्यायो नयाँ एड्भेन्चर एक्स ४७ भेरियन्ट

भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी अल्ट्राभायोलेटले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल एक्स ४७ को भेनम भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले हालको एक्स ४७ मा विभिन्न फिचर अपडेट गरेर नयाँ भेनम भेरियन्ट बजारमा ल्याएको हो । कम्पनीले नयाँ भेरियन्टको मूल्य २ लाख ६५ हजार भारु तोकेर बुकिङ खुलाएको छ ।

कम्पनीका अनुसार यो मोटरसाइकलको डेलिभरी आगामी नोभेम्बरदेखि सुरू हुनेछ ।अल्ट्राभायोलेटले भीएक्स १०० भोल्ट आर्किटेक्चरमा भेनम भेरियन्ट तयार पारेको हो ।

यो कम्पनीको पहिलो १०० भोल्ट आर्किटेक्चरमा तयार पारेको पहिलो मोटरसाइकल हो ।

हाल भारतीय बजारमा सार्वजनिक भएको यो मोटरसाइकलको ग्लोबल डेब्यु भने इटालीको मिलानमा आयोजना हुने एक्मा अटो शो २०२६ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *