बीवाइडीको सेकेण्ड जेनेरेसनमा व्यापक परिवर्तन आउने

बीवाइडीको चर्चित इलेक्ट्रीक ह्याचब्याक सिगल (नेपालमा एटो वान)को सेकेण्ड जेनेरेसन व्यापक परिवर्तन भएर आउने भएको छ ।

बीवाइडीले सेकेण्ड जेन एटो वानलाई ठूलो साइज, ठूलो मोटर, रियर ह्वील ड्राइभ, नयाँ च्यासिस र इन्टेरियरमा व्यापक परिवर्तन गरेर ल्याउने भएको हो ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा गरिएको नियामकीय दर्तापछि सेकेण्ड जेन सिगलकाे नयाँ विवरण सार्वजनिक भएको चिनियाँ संचारमाध्यम अटोहोमले जनाएको छ । यसअघि नै नयाँ मोडलको बाहिरी डिजाइन र क्याबिन सम्बन्धी केही विवरण सार्वजनिक भइसकेका थिए।

अटो होमका अनुसार नयाँ एटो वानको सबैभन्दा ठूलो परिवर्तन यसको ड्राइभट्रेनमा देखिएको छ । हालको मोडलमा रहेको फ्रन्ट ह्वील ड्राइभ प्रणालीलाई विस्थापित गर्दै नयाँ सिगलमा रियर ह्वील ड्राइभ सिस्टम दिइएको छ । यसको मोटर अगाडिबाट पछाडिको एक्सलमा सारिएको छ । जसकारण अगाडिको बोनटमुनि फ्रंक बनेको छ।

नयाँ एटो वानमा पुरानो ५५ किलोवाटको मोटरको सट्टा शक्तिशाली ९५ किलोवाटको ‘टीजेड१६४एक्सवाईबी’ मोटर प्रयोग गरिएको छ । यसले गर्दा गाडीको अधिकतम स्पीड १५० किमी प्रतिघण्टा पुगेको छ।

नयाँ सिगलमा फिनड्रिम्सले बनाएको ३० किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक प्रयोग हुनेछ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । यो गाडीको टप स्पीड क्षमता प्रतिघण्टा १५० किमी रहेको छ ।

नयाँ एटो वानको च्यासिसमा पनि उल्लेख्य परिवर्तन गरिएको छ। पुरानो मोडलमा प्रयोग भएको पछाडिको टोर्सन बीम सस्पेन्सन हटाएर नयाँ पुस्तामा स्वतन्त्र मल्टी–लिंक सस्पेन्सन प्रयोग गरिएको छ ।

साथै, पहिलेको १६५/१७५ मिमी टायरको सट्टा नयाँ १६ इन्चको एलोय ह्वीलमा फराकिलो २०५/६० आर१६ टायर प्रयोग गरिएको छ। नयाँ मोडलमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री र फ्ल्याश चार्जिङ प्रविधि हुनसक्ने अनुमान गरिए पनि कम्पनीले चार्जिङबारे आधिकारिक पुष्टि गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *