नेपाल अटोमोबाइल एशोसिएसन (नासा) ले नेपालमा इलेक्ट्रिक सवारी र सडक सुरक्षा विषयमा सरोकारवाला निकायसँग अन्तक्रिया गरेको छ ।

नासाले बानेश्वरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि नेपालमा इलेक्ट्रिक सवारी, यसको प्रयोग र सुरक्षा चुनौति सँगै सडक सुरक्षा विषयमा सरोकारवाला निकायसँग छलफल गरेको हो ।

कार्यममा बोल्दै नेपाल अटोमोबाइल एसोसिएसन नासाका एक्जुकेटिभ डाइरेक्टर गोविन्द भट्टराईले नेपालमा ईभी सवारी साधनहरु बढ्दै गएकाले ईभी लगाएत अन्य सवारी साधनको सुरक्षा विषय गम्भिर चुनौति भएको बताएका छन ।
उनले सवारी सुरक्षा र सडक सुरक्षाको लागि नितिगत रुपमा नै पहल गनुपर्ने उल्लेख गरे ।

त्यसैगरी नेपाल अटोमोबाइल एसोसिएसन नासाका अध्यक्ष दशरथ रिसालले ईभी सवारी नै नेपालको भविष्य भएकाले ईभी सवारी सुरक्षाको लागि विषेश जोड दिनुपर्ने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहिका अध्यक्ष दिनेश पाण्डेले सडक, विद्युतीय सवारी साधन र वातवरणका मुदाहरुलाई पत्रकारहरुले जोडदार रुपले उठाउनु पर्ने आवश्यकता औलाए ।
