अभिनव बज्र नेपालको एक चर्चित सामाजिक अभियन्ता हुन ।
ब्लगको सुरुवाती दिनमा विभिन्न भोजनालयमा गएर मीठो-नमीठो भन्दै भिडियो बनाउथे ।
यस्तो भिडियोले उनलाई लोकप्रिय त बनायो, तर सानैदेखि समाज परिवर्तनमा केही गरुँ भन्ने हुतहुती रोकिएको थियो । त्यसपछी उनको भिडियोले मोड लियो ।

उनले सडकमा सानो ब्यापार गर्ने गरिब- मजदुर वर्गलाई लक्ष्यित गर्दै सामाजिक परिक्षण गर्न थाले ।
सुरुमा भोक लाग्यो वा मेरो पैसा हरायो भन्दै जाने अनि सामाजिक परिक्षणमा उतीर्ण हुनेलाई राम्रै रकम दिएर पुरस्कृत गर्न थाल्यो ।

समाजसेवाको हुतहुती त्यतिले नियंत्रित भएन ।
हाल उनी पैसाको अभावले उपचार खर्च नपाएका लाखौ मानिसलाई आफ्नो भिडियोको माध्यमबाट लाखौं उपचार खर्च जुटाइदिन्छन ।

उनले आफ्नो भिडियोका पात्रलाई मुस्लिम, इशाइ, हिन्दु र बुद्वमार्गी भनेनन ।
फलस्वरुप उनका मुस्लिम शुभचिन्तकले उनलाई अल्लाह, बुद्धमार्गीले भगवान, हिन्दुले देवटा र इशाइले परमेश्वर भन्छन ।

उनी आफै म कुनै मसिहा, देवदूत र अवतार होइन, म सामान्य मान्छे हुँ भन्ने गरेका छन ।
उनको प्रसिद्धि दिनदिनै बढदो छ । उनी विश्व नै एक देश मानेर भोलिको दिनमा विश्वका दिनदुखीहरुको सेवा गर्न चाहान्छन ।
सायद यही चाहनाले होला, उनले क्यान्सरपीडित रेखा बहिनीसँग नागरिकता खोजेनन ।


उनले गरेको सेवा विश्वमै प्रशंसनीय भयो ।
आज नेपालमा उनलाई नचिन्ने थोरै होलान । आज नेपालले उनलाई चिनेजस्तो भोलि विश्वभरि चिनिन चाहान्छन ।
यस्को लागि उनले हालै एक संस्था पनि दर्ता गरेका छन – मीठो सहयोग । यो संस्था आज एनजिओ, भोलि आइएनजिमा रुपान्तरित होस भन्ने उनको चाहना छ ।

भोलिको दिनमा नेपालको सडकको भोक मात्र होइन, विश्वभरिको भोकको रोटी बन्ने उनको लक्ष्य छ । भन्छन- मेरो कसैसित दुश्मनी छैन, छ त भोक रोग र शोकसँग ।
भर्खरै तेइसबाट चौबीसमा पुगेको अभिनवको यी महान अभियानले कैयनले उनलाई भावी प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका छन ।

तर, हालसम्म उनले एक थान पनि राजनीतिक टिप्पणी गरेका छैनन ।
हालसम्म, मानवता नै उनको राजनीतिक आस्था, विश्वबन्धुत्व उनको धर्म र सहयोग नै उनको राजनीतिक मिसन हुन ।
यसले उनलाई राजनीतिक प्रदुषणबाट पर राखेको छ ।
सानै उमेरको उनको यो लोकप्रियता, परोपकारिता, सहयोग सबैको प्रशंसाको विषय भएको छ ।

जानकारीमा आएअनुसार विश्वका लोकप्रिय मेगजिनले पनि चासो राखेको बुझिएको छ ।
उनको पाइला नरोकिएमा, भोलि विश्वले नै चिनिने एक सामाजिक अभियन्ता बन्ने कुरामा दुईमत छैन ।
