बाढी प्रभावितका लागि नाडाको सहयोग, नुवाकोटमा राहत सामग्री वितरण

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि उपलब्ध गराएको राहत सामग्री नुवाकोटमा हस्तान्तरण गरेको छ ।

शनिबार नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालयलाई राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

नाडाका अनुसार, यसअघि भदौ १८ गते अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोगसमेत उपलब्ध गराएको थियो ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकलाई विगतदेखि नै आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *