नेपाल बैंकले चाडपर्वको अवसरमा गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ४.९४ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराइरहेको छ । बैंकले असोज मसान्तसम्म यो स्कीम पाइने जनाएको हो ।
बैंकका अनुसार अटो कर्जा २ वर्षदेखि ७ वर्षसम्मको अवधिका लागि लिन सकिनेछ । ग्राहकले आफ्नो वित्तिय योजना अनुसार कर्जा अवधि निर्धारण गरेर कर्जा लिन सक्नेछन् ।
नेपाल बैंकले अटोकर्जा लिने ऋणबाट सेवा शुल्क वापत भने कुल कर्जा रकमको ०.५ प्रतिशत लिनेछ ।
कर्जा लिनको लागि के के चाहिन्छ कागजात
बैंकबाट कर्जा लिनका लागि नेपाली नागरिकको उमेर कर्जा प्रवाहका समयमा कम्तीमा १८ वर्ष पुगेको हुनुपर्नेछ । साथै, ऋणको किस्ता र ब्याज तिर्न पुग्ने स्थिर तथा नियमित आम्दानीको स्रोत खुल्ने कागजात चाहिन्छ ।
गाडी कर्जा लिने मानिसको नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी, पासपोर्ट साइजको फोटो तथा सम्बन्धित स्थानीय तहबाट जारी पारिवारिक विवरण बुझाउनुपर्नेछ । व्यवसायबाट आम्दानी गर्नेले फर्म दर्ता प्रमाणपत्र र प्यान/भ्याट प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।