चितवन क्षेत्रका लागि एमएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गतको आधिकारिक चांगन डिलर राजहंस अटोमोबाइल प्रालिले नयाँ दिपल निभो क्यू०५ लाई चितवनमा सार्वजनिक गरेको छ।
ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म चितवनको रिजालचोकस्थित दिपल शोरुममा विशेष टेस्ट ड्राइभमार्फत निभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
निभो क्यू०५ लाई चितवनमा आयोजित भव्य लन्च कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी तथा विशेष अतिथिका रूपमा चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीको उपस्थिति रहेको थियो।
कार्यक्रममा राजहंस अटोमोबाइल–चांगान चितवनका अध्यक्ष दिलीप थानेत, एमएडब्लू वृद्धिका निर्देशक पार्थ सिकरिया, उपाध्यक्ष सन्दीप चटर्जी तथा एमएडब्लू वृद्धि अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्दको समेत उपस्थिति रहेको थियो।
निभो क्यू०५ को अल्ट्रा भेरियन्ट विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।
चांगन निभो क्यू०५ एक कम्प्याक्ट ईभी हो, जसले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
नयाँ क्यू०५ मा सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो तथा आत्मविश्वासी रोड प्रेजेन्स देख्न सकिन्छ। यसको डिजाइनले अन्तर्राष्ट्रियस्तरमा समेत ‘गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरिसकेको छ।
निभो क्यू०५ मा ५१.९ किलोवाट आवरको सीएटीएल लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ, जसलाई चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ।
यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ क्षमता प्रदान गर्न सक्छ। निभो क्यू०५ ले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको छ।
फराकिलो क्याबिन, अन्तर्राष्ट्रिय रूपमा प्रशंसित डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित निभो क्यू०५ नेपालमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारीमा छ।
नयाँ निभो क्यू०५ ले सहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक क्याबिन प्रदान गर्छ। यसको २,७३५ एमएम ह्विलबेसले यात्रुहरूका लागि पर्याप्त स्पेस उपलब्ध गराउँछ, विशेषगरी पछाडिका यात्रुहरूका लागि उपयुक्त छ।
पछाडिका सिटहरूलाई आवश्यकताअनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुन्छ भने ५४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्छ।
१२० किलोवाटको विद्युतीय मोटरले क्यू०५ लाई ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्म ८.१ सेकेन्डमा गति लिन सक्षम बनाउँछ। क्यू०५ ले डब्लूएलटीपी परीक्षणअन्तर्गत ४०५ किलोमिटर रेन्ज प्रदान गर्दछ भने ऊर्जा खपत १२.९ किलोवाट आवर प्रति १०० किलोमिटर रहेको छ।
यसको टेक्नोलोजी प्याकेजमा १४.६ इन्चको १०८०पी टचस्क्रिन, अटोमोटिभ–ग्रेड एमटीके८६७५ ७–न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन र ५४०–डिग्री प्यानोरामिक भ्युइङ सिस्टम उपलब्ध छन्।
चांगान निभोका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म क्यू०५ को कुल बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको छ। साथै, यसले चीनमा लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रणी स्थान हासिल गरेको छ।