Skip to content
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।

अवैध रूपमा भन्सार नतिरी स्कुटरहरू प्रयोग भइरहेको भन्दै सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि प्रहरीले विशेष खोजतलास अभियान चलाएको थियो ।
बरामद गरिएका स्कुटरहरूको कुल बजार मूल्य करिब १३ लाख ६० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएका सबै स्कुटरहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएको छ ।
Post Views: 29