ओमोडा र जेइकोका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको छ।
ओमोडा र जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुग्ने जनाएको छ।
बाढीले रसुवागढी नाकातर्फको सडकमार्गमा उत्पन्न अवरोधका कारण ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ।
यससँगै देशभर गाडीको आपूर्ति र डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ।
नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो सोमा ओमोडा र जेइकुका गाडीप्रति देखिएको उल्लेखनीय ग्राहक आकर्षण तथा बुकिङपछि नयाँ गाडीहरू अहिले छिट्टै ग्राहकलाई डेलिभरीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।