साझा रात्रिकालीन यातायातमा दैनिक ३५ प्रतिशत घाटा

सुनिता डंगोल – कार्यवाहक प्रमुख, काठमाडौं महानगरपालिका

काठमाडौंमा उपत्यकाका थप ४ रुटमा रात्रिकालीन बस सेवा संचालन गर्न प्रस्ताव अघि बढाइएको छ ।

काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा संचालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले बुझाएको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।

अन्तर नगर यातायात सञ्जाल विकास गर्न स्थानीय तहहरुको सहभागिता सुनिश्चित गरेर सेवा थाल्नेछौँ ।

प्रतिवेदन बुझ्ने क्रममा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गर्दै गरिएको थियो ।

यस अवधिमा ६६ हजार ९५२ जना यात्रीले सेवा लिएका छन् ।

एउटा बसले दैनिक औसत १४२ जना यात्री बोक्ने गरेको र यसबाट दैनिक ३ हजार १३४ रुपियाँ आम्दानी हुने गरेको देखिएको छ । एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपियाँ रहेको छ ।

यसरी हेर्दा दैनिक प्रति बस १ हजार ६९० रुपियाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औँल्याएको छ ।

अध्ययनले रातको ८ बजेदेखि ९ बजेसम्मको समयमा सबैभन्दा बढी (४१.५६ प्रतिशत) यात्रीको चाप रहने गरेको देखाएको छ ।

यसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको संख्या धेरै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *