काठमाडौंमा उपत्यकाका थप ४ रुटमा रात्रिकालीन बस सेवा संचालन गर्न प्रस्ताव अघि बढाइएको छ । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा संचालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले बुझाएको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।
वैशाख १ गतेदेखि नागढुंगा एयरपोर्ट र लगनखेल बुढानीलकण्ठ रुटमा रात्रि बस सेवा संचालन गरिएको थियो । यो सेवालाई थप प्रभावकारी बनाउन उपत्यकाका ८ वटा नगरपालिकाहरूलाई समेट्ने गरी सेवा विस्तार गर्न सिफारिस गरिएको छ ।
प्रतिवेदन अनुसार गोदावरी-बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती-ठमेल र कीर्तिपुर-नेपाल वायु सेवासम्म नयाँ रुटमा रात्रिकालीन बस सेवा संचालन गर्न प्रस्ताव गरिएको छ । यी रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र र नाकाहरूलाई जोड्नेछन ।
वैशाख १ गतेदेखि नागढुंगा-एयरपोर्ट र लगनखेल-बुढानीलकण्ठ रुटमा रात्रि बस सेवा संचालन गरिएको थियो । यी रुटमा अहिले ७ वटा बसबाट सेवा प्रदान गरिएको छ । यसलाई बढाएर २८ पुर्याउन समितिले सिफारिस गरेको छ ।