बाढी प्रभावित क्षेत्रमा सरकारद्धारा उद्धार तथा उपचार साथ निरन्तर ब्रिफिङ

सरकारले बाढी प्रभावित क्षेत्रबाट उद्धार कार्यलाई तीव्र पारेका छ। अहिलेसम्म ११,३७९ जना मानिसहरुको उद्धार भइसकेको छ र ३९२५ जना सम्पर्कविहिन रहेको जनाइएको छ । सम्पर्कबिहिनीको संख्या घटबढ भइरहेको उल्लेख गरिएको छ। प्रभावित क्षेत्रबाट उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरेका २७९ जना घाइते नागरिकहरुमध्ये केहीबेरअघिसम्म १६८ जना डिस्चार्ज गरिइसकिएको छ।

साथै बाढी प्रभावित क्षेत्रमा भइरहेको काम र वर्तमान अवस्थाबारे सुरक्षा निकायकासँग नियमतिरुपमा जानकारी लिइएको छ । आज पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरुसँग खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाबारे विस्तृत ब्रिफिङ लिएको छ ।

हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका सम्बन्धमा जानकारी गराइएको छ। प्रभावित क्षेत्रमा खटिरहनु भएका मन्त्रिपरिषद्का सदस्यहरु, संघीय सांसदहरु लगायत अन्य साथीहरुबाट पनि निरन्तर जानकारी लिइएको जनाइएको छ ।  जानकारी लिने क्रम निरन्तर जारी रहने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *