१८औँ संस्करणको नाडा अटो शो, रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको छ।
नाडा अटो शोको तेस्रो दिन अवलोकनकर्ताहरु निकैं कम देखिएको थियो ।
१८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसबारे अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ।