मुक्तिनाथ विकास बैंकको अटोलोन मात्र ५.५४ प्रतिशत

मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै आकर्षक अटोलोन योजना सार्वजनिक गरेको छ ।

ग्राहकले यस योजना अन्तर्गत बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउने छन् ।

बैंकले यस योजना अन्तर्गत Base Rate + ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।

नाडा अटो शोलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुने बैंकले जनाएको छ ।

उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।

ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ ।

नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकलाई यस विशेष योजनाबाट लाभ लिन बे.कले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *