नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ।
मंगलबार उपराष्ट्रपति रामशहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ सुरु भएको हो। काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गत वर्षहरुभन्दा यसपालि स्टल फराकिलो र व्यवस्थित रहेको दाबी गरे। प्रदर्शनीस्थल ह्विलचेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरुको पर्याप्त व्यवस्था गरिएको छ।
त्यस्तै प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ।
त्यस्तै अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पार्ट्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकन गर्न सक्नेछन्। जसले .गाडी किन्नेहरुले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन्।
नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण जी १ हुमनाइड राेबर्ट एन्ड जओे २ क्वाड्रप राेबाेट भविष्यमा यातायात साधनमा आउने प्रविधी विकासको अनुभव स्वदेशमै उत्पादित् सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्ट रहने छन्।
नाडाका अनुसार प्रदर्शनीस्थलमा ५३ सवारी ब्राण्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले भाग लिएका छन्।
‘नाडा अटो शो’ अबलोकनकर्ताहरुको सुविधालाई मध्यनजर राख्दै नाडाले अग्रिम टिकट बुकिङको पनि व्यवस्था गरेको छ। अग्रिम टिकको लागि खल्तीको एप वा आधिकारिक क्यूआर कोड मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ। त्यस्तै सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको नाडाले जनाएको छ।
अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको छ।