सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत सुजुकी नेपालले “सुजुकी पर्वोत्सव” नामक चाडपर्व विशेष योजना घोषणा गरेको छ । कम्पनीको प्यासेन्जर कार, एसयूभी तथा लाइट कमर्सियल गाडीका सबै रेन्जमा सो योजना लागू हुने जनाइएको छ ।
दशैं–तिहारको यस अवसरमा सुजुकी स्वामित्वलाई थप सहज र फाइदाजनक बनाउने उद्देश्यले ल्याइएको यो योजनाले ब्रान्डको विश्वास, पारदर्शिता र आफ्टर–सेल्स मूल्यप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुनः पुष्टि गरेको कम्पनीको भनाइ छ ।
सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले १ लाखसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, निःशुल्क एसेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मत सेवा) पार्ट्स र एक वर्षको निःशुल्क बिमा पाउनेछन्। सुविधाहरू मोडल अनुसार फरक–फरक हुनेछन् र देशभरका सुजुकी शोरूममा उपलब्ध हुनेछ, जसले अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोङ्क्स र ई-भिटारा लगायत सुजुकीको सम्पूर्ण रेन्जलाई समेट्छ। चाडपर्वको मौसमलाई लक्षित गर्दै यो योजना २०८३ साल श्रावण २७ देखि कार्तिक अन्तिमसम्म लागू हुने कम्पनीको भनाइ छ ।