ट्रायम्फले गर्‍यो Speed T4 सार्वजनिक

ट्रायम्फ मोटरसाइकल्स नेपालले NAIMA Auto Show 2026 मा नयाँ Triumph Speed T4 सार्वजनिक गरेको छ। यसले नेपालमा ट्रायम्फको Modern Classic सिरिजको बाइकलाइन अप बढाएको कम्पनीले बताएको छ ।

नयाँ Speed T4 को मुल्य रु. ६,४९,९०० राखिएको छ। Speed T4 मा ट्रायम्फको क्लासिक रोडस्टर डिजाइन र लो-स्पिड टर्क दिइएको छ जस्लेयो मोटरसाईकलको ह्यान्डलिङ सजिलो  बनाउने कम्पनीको दाबी छ ।नेपालका सडक अवस्थाका लागि यो बाइक राम्रो रहनेछ र यो बाइक देशभरका ट्रायम्फका आधिकारिक डिलरमार्फत उपलब्ध छ।

Speed T4 मा 349cc लिक्विड-कुल्ड इन्जिन छ, जसले29 PS (7,500 rpm मा) पावर र 31 Nm टर्क 5,500rpm मा दिन्छ। यसमा 6-स्पिड गियरबक्स र स्लिपर क्लच दिइएको छ। यसलेसहरमा चलाउन, हाइवेमा क्रुजगर्न र उकालोमा पनि राम्रो प्रदर्शनर्श दिन्छ। मुख्य फिचरहरूमा 43mm फ्रन्ट फोर्क, एड्जस्ट गर्न मिल्नेरि यरमोनोशक, 17-इन्च ह्विल, 300mm फ्रन्ट डिस्क, 230mm रियर डिस्क र डुअल-च्यानल ABS रहेका छन।

यसमा LED लाइट, डटाइम रनिङ लाइट, डुअल-च्यानल ABS, स्लिपर क्लच र एनालग + डिजिटल डिस्प्लेपनि दिइएको छ। NAIMA Nepal Mobility Expo 2026 मा Speed T4 को लन्चले ट्रायम्फको Modern Classics लाइनअपलाई अझ विस्तार गरेको छ र ग्राहकहरूलाई नयाँ विकल्प दिएको कम्पनीले जानकारी गराएको छ ।

Triumph Motorcycles Nepal लेनेपालभर आफ्नो आधिकारिक डिलरमार्फत प्रिमियम बाइकहरू बिक्री गर्छ,साथै सर्भिस र जेन्युइन पार्ट्स पनि उपलब्ध गराउँछ। थप जानकारीका लागि नजिकको ट्रायम्फ शोरुम वा
आधिकारिक च्यानलहरूमा सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *