बिगसका दुई नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा

नेपाली बजारमा बिगस ब्राण्डका दुई नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक भएका छन् । नेपालका लागि बिगस इलेक्ट्रीक स्कुटरको अधिकारिक बिगस अटो प्रालिले नाइमा मोबिलिटी एक्स्पोमा बिगस सी १२ म्याक्स आर र ऊहाव म्याक्स प्लस बिक्री सुरु गरेको हो ।

कम्पनीले सी १२ म्याक्स आरको मूल्य ३ लाख २९ हजार ९९९ रुपैयाँ र ऊहाव म्याक्स प्लसको २ लाख ७७ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ ।आराम, व्यावहारिकता, भरपर्दोपन र आधुनिक डिजाइनको संयोजन हो । यसमा फराकिलो सिट, आरामदायी सस्पेन्सन, पर्याप्त स्टोरेज क्षमता तथा प्रभावकारी विद्युतीय पावरट्रेनका साथ यो पूरै परिवार, कार्यालय आवतजावत गर्ने व्यक्ति तथा किफायती र इकोफ्रेन्ड्ली सवारी चाहने सहरी प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो।

४.२ किलोवाट मोटर रहेको सी १२ म्याक्समा ३.८ किलोवाट आवरको एलएफपी ब्याट्री छ । जसले एकपटको फुलचार्जमा १६० किमी रेन्ज दिन्छ । यसको टप स्पीड प्रतिघण्टा ७५ किमी छ ।
यसमा क्रुज कन्ट्रोल, साइड स्ट्यान्ड सेन्सर, सेफ्टी स्टार्ट स्विच, इको, स्पोर्ट र रिभर्स राइडिङ मोड, आइपी ६७ रेटिङ ब्याट्री, घरमै चार्ज गर्न सकिने सुविधा, फराकिलो लेगरुम र ४० लिटरभन्दा बढी स्टोरेज क्षमता छ ।

ऊवाह म्याक्स प्लस युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको स्कुटर हो । यसले आकर्षक डिजाइन, दमदार प्रदर्शन र अत्याधुनिक विद्युतीय प्रविधिको संयोजन प्रस्तुत गर्छ।

२.४ किलोवाटको मोटर रहेको यो स्कुटरमा ३ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा १४५ किमी रेन्ज दिन्छ । यसको टप स्पीड ६० किमी प्रतिघण्टा छ।

यसमा यूएसबी चार्जिङ पोर्टसहितको स्मार्ट डिजिटल कन्सोल, ३ वटा राइडिङ मोड, रिजेनेरेटिभ ब्रेकिङ तथा घरमै चार्ज गर्न सकिने सुविधा, २१ लिटरभन्दा बढी स्टोरेज क्षमता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *