ओला इलेक्ट्रिकद्वारा परम्परागत डिलर मोडल अपनाउने घोषणा

भारतीय इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी ओला इलेक्ट्रिकले विगत ५ वर्षदेखि सञ्चालन गर्दै आएको ‘डाइरेक्ट–टु–कन्ज्युमर’ (डी२सी) व्यापार रणनीतिमा ठूलो परिर्वतन गरेको छ । कम्पनीले अब परम्परागत डिलर–लेड रिटेल मोडल अपनाउने घोषणा गरेको हो ।

भारतीय ईभी बजारको परिपक्वता र तीव्र विस्तारलाई ध्यानमा राख्दै स्थानीय डिलरहरूसँगको सहकार्यमा अघि बढ्ने निर्णय लिइएको कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक भाविश अग्रवालले बताए ।

नयाँ व्यावसायिक ढाँचाअनुसार अब ओलाका हाल सञ्चालनमा रहेका कम्पनी–स्वामित्वका स्टोरहरूलाई ब्रान्ड तथा उत्पादनको एक्सप्रेस सेन्टरमा परिणत गरिनेछ । स्थानीय स्तरमा बिक्री, डेलिभरी र बिक्रीपछिको मर्मतसम्भारको पूर्ण जिम्मेवारी भने नयाँ नियुक्त हुने डिलर साझेदारहरूले सम्हाल्नेछन् । कम्पनीले आगामी तिहार सम्ममा देशभर पूर्ण रूपमा डिलर सञ्जाल विस्तार गरिसक्ने लक्ष्य राखेको छ ।

ग्राहक सेवा र बिक्रीपछिको सर्भिसमा देखिएका समस्याका कारण गुमेको बजार हिस्सा फिर्ता ल्याउन र साना सहरहरूसम्म आफ्नो पहुँच पु(याउन ओलाले यो रणनीतिक कदम चालेको हो । यस नयाँ डिलर रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न हुन्डाई मोटर इन्डियाका पूर्व अध्यक्ष बीभीआर सुब्बूलगायतको टोलीलाई वरिष्ठ सल्लाहकारका रूपमा कम्पनीमा प्रवेश गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *