निसान TEKTON NAIMA Mobility Expo 2026 मा लन्च हुने

नेपालमा निसान गाडीहरूको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले नयाँ Nissan TEKTON लाई NAIMA Mobility Expo 2026 मार्फत नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

९ जुलाई २०२६ मा भारतको मुम्बईमा सम्पन्न ग्लोबल प्रिमियरपछि, निसानको नयाँ प्रिमियम SUV TEKTON दक्षिण एसियाली बजारमा निसानको उपस्थितिलाई थप विस्तार गर्ने महत्वपूर्ण मोडलका रूपमा आएको कम्पनीले जनाएको छ। प्रभावशाली उपस्थिति, प्रिमियम आराम, आधुनिक कनेक्टिभिटी र आत्मविश्वासी प्रदर्शनलाई संयोजन गर्ने गरी डिजाइन गरिएको TEKTON ले निसानको समृद्ध SUV DNA लाई नेपाली ग्राहकहरूमाझ नयाँ स्वरूपमा प्रस्तुत गरिनेछ ।

प्रसिद्ध Nissan Patrol बाट स्पष्ट रूपमा प्रेरित नयाँ TEKTON ले निसानको ७५ वर्ष लामो SUV विरासतलाई निरन्तरता दिएको छ। बोल्ड र मस्कुलर डिजाइन, आकर्षक बडी लाइन, Upright Stance, Signature C-shaped LED Lighting तथा Horizontal Front Detailing ले TEKTON लाई शहरका सडकदेखि पहाडी राजमार्गसम्म छुट्टै पहिचान दिने गरी डिजाइन गरिएको छ।

नयाँ Nissan TEKTON को भित्री भागमा Tek-Link HD Infotainment System रहेको छ, जसमा Wireless Apple CarPlay र Android Auto जस्ता आधुनिक कनेक्टिभिटी सुविधाहरू उपलब्ध छन्। यसका साथै Electronic Parking Brake (DCT), Cruise Control, Rear-View Camera, E-shifter तथा प्रिमियम इन्टेरियर फिनिसले आराम र सुविधालाई थप बढाएका छन्।

TEKTON मा ७०० लिटरसम्मको ठूलो Boot Space, ६ वटा Airbags, 360-degree Camera लगायतका सुरक्षा तथा सुविधा प्रविधिहरू रहेका छन्। साथै, Emergency Braking, Lane Keep Assist र Blind Spot Warning जस्ता Advanced Driver Assistance System (ADAS) सुविधाले थप सुरक्षित र आत्मविश्वासी ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

पावरट्रेनतर्फ, Nissan TEKTON Turbo T160 र Turbo T280 विकल्पमा उपलब्ध हुनेछ। यसले अधिकतम १६३ PS पावर र २८० Nm टर्क प्रदान गर्दछ। विशेषगरी Turbo T280 भेरियन्टमा ६-स्पीड Wet-Clutch DCT र E-shifter रहेको छ, जसले सहज गियर परिवर्तन, उत्कृष्ट नियन्त्रण र आत्मविश्वासी ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

NAIMA Mobility Expo 2026 मा सहभागी आगन्तुकहरूले नयाँ Nissan TEKTON लाई नजिकबाट अवलोकन गर्न, यसका विशेषताहरूका बारेमा जानकारी लिन तथा निसानका Product Specialists सँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन्। अगस्ट ११ देखि १६, २०२६ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने छ दिने प्रदर्शनीमा Nissan TEKTON लाई Pioneer Moto Corp / Nissan को स्टलमा प्रमुख रूपमा प्रदर्शन गरिनेछ।

Pioneer Moto Corp Pvt. Ltd. नेपालमा निसान गाडीहरूको आधिकारिक वितरक हो। विश्वस्तरीय मोबिलिटी समाधान प्रदान गर्ने प्रतिबद्धताका साथ कम्पनीले नेपाली बजारमा यात्रुवाहक सवारीसाधनहरूको बढ्दो पोर्टफोलियो उपलब्ध गराउँदै आएको छ। कम्पनीले देशभर फैलिएको बिक्री, सर्भिस तथा स्पेयर पार्ट्स सुविधासहितको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *