नाडाका पुर्व अध्यक्ष दुलाल रोटरी क्लबको अध्यक्षमा

रोटरी क्लब अफ भिजन काठमाडौंको अध्यक्षको जिम्मेवारी कृष्णप्रसाद दुलालले सम्हाल्ने भएका छन्।

क्लबको अध्यक्षमा सर्वसम्मत चयन भएका दुलाललाई संस्थापक अध्यक्ष जगत पोखरेलले पद हस्तान्तरण गरेपछि दुलालले सम्हाल्ने भएका हुन।

आइतबार आयोजित एक कार्यक्रमबीच पदस्थापन सम्पन्न भएको छ। सो क्रममा नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ समेत गराइएको छ।

अध्यक्ष दुलालले डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीको नेतृत्व तथा मार्गदर्शनप्रति आभार व्यक्त गर्दै क्लबका संस्थापक अध्यक्ष, सदस्यहरु, परिवार, सहयोगी संस्था, प्रायोजक तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति धन्यवाद दिएका छन्।

सो अवसरमा रोटरीको मूल भावना ‘सर्भिस एभव सेल्फ’ तथा यस वर्षको अन्तर्राष्ट्रिय सन्देश ‘क्रियट लाष्टिङ इम्प्याट’ लाई आत्मसाथ गर्दै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विभिन्न सेवा परियोजनाहरू सञ्चालन गर्ने अध्यक्ष दुलालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *