AMPERE १४ औं राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रममा

एभरग्रिन वल्र्डवाईड इन्टरटेनमेण्ट कम्पनीद्धारा आयोजित १४ औं राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रममा भारतको प्रख्यात ब्राण्ड, १५ वर्ष लामो अनुभव भएको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा निर्मित AMPERE का ३ मोडेलका इभी स्कुटरहरुको प्रर्दशनी गरिएको थियो ।

नेपालका चर्चित कलाकारहरुको भेला भएको सो स्थानमा यस स्कुटरहरुले धेरैको मन तान्नुको साथैं ४ युनिट बुकिङ समेत भएको सातदोबाटो स्थित डिलर श्री अटोका संचालक रोशनकुमार श्रेष्ठले बताउनुभयो ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष कलाकार दिनेश डिसी, प्रमुख अतिथी रहेको कार्यक्रमका विशेष अतिथीहरुमा पहिलो नायिका भुवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह रहेको थियो ।

यसैं कार्यक्रममा बिगत लामो समयदेखी निरन्तर अटो पत्रकारिता क्षेत्रमा समर्पित भएर देशभर सेवा दिदै आईरहेको अटो नेपाल, मासिक पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ सम्मानित भएका छन् ।

नेपाल चलचित्र संघका अध्यक्ष, उत्तम केसी, वरिष्ठ कलाकारहरु मोहन निरौंला, अभिनेत्री मिथिला शर्मा, नायक रविन्द्र खड्का, कृष्ण मल्ल, धिरेन शाक्य, नायिका शर्मिला मल्ल, द्धन्द निर्देशक एन. बी. महर्जन लगायत यस क्षेत्रका द्दिग्गज कलाकारहरु तथा व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

 

माइनस ४० देखि ६० डिग्रीसम्म चल्न सक्ने मजबुत बनावट, रिभर्स मोड सहित ५ वटा राइडिङ मोड र डिस्क ब्रेक जस्ता आधुनिक फिचरयुक्त भएको यस स्कुटरहरु करिब ५ महिना अघिबाट बिक्री शुरु गरेको, हाल देशभर ८ डिलरहरु स्थापित भैसकेको कम्पनीका सिइओ राजपाल चड्डाले बताउनुभयो ।

यस स्कुटरमा ५ किलोवाट क्षमताको Center मोटर र ३ किलोवाटको सुरक्षित एलएफपी (LFP) ब्याट्री प्रयोग गरिएको छ।

यो नयाँ मोडेल एक पटक पूरा चार्ज गर्दा १४२ किमी रेन्ज प्रमाणित भएको, यो स्कुटर घरमै साढे ३ घण्टामा चार्ज गर्न सकिन्छ भने यसको ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरको वारेन्टी दिइएको छ।

माइनस ४० देखि ६० डिग्रीसम्म चल्न सक्ने मजबुत बनावट, रिभर्स मोड सहित ५ वटा राइडिङ मोड र डिस्क ब्रेक जस्ता आधुनिक फिचरयुक्त यस स्कुटरको मूल्य ३ लाख १५ हजार रुपैयाँ तोकिएको छ।

नेपालका लागि आधिकारिक वितरक श्री एसटीसी अटो सोलुसनले एम्पीयरका नेक्सस, नयाँ मोडेल Nexus EX Plus र MAGNUS-G MAX ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *