व्यवसाय, पर्यटन तथा दैनिक यात्रुवाहक सेवाका लागि शक्तिशाली, भरपर्दो र आधुनिक सवारी JINBEI HAISE को आज विहिबार देखि बुकिङ खुल्ला गरिएको छ ।
नेपालमा लामो समयदेखि स्पेयर पाट्र्समा काम गर्दै आएको एसटिसी सोलुसनले आफ्नो आधिकारीक फेसबुकमार्फत सुचना जारी गरी बिहिबारदेखि काठमाडौंस्थित ढुंगेअड्डामा बुकिङ खुल्ला गरिएको जनाएको छ ।
उक्त गाडीमा पुर्ण चार्जमा ३०० कि.मि. सम्मको ड्राइभिङ रेन्ज , १०० कि.मि प्रतिघण्टाको टप स्पिड , ५३.५८ किलोवाट आवर उच्च क्षमताको ब्याट्री ३०० एनएम अधिकतम टर्क र १८० मि.मि ग्राउण्ड किलयरेन्स जस्ता प्रमुख विशेषताहरु रहेको कम्पनीले दावी गरेको छ ।
कम्पनीले गाडी खरिद गर्न चाहने प्रयोगकर्ताहरुले आज देखि नै गाडी बुकिङ गर्न सक्ने आफ्नो फेशबुक पेजमार्फत उल्लेख गरेको छ । गाडी खरिद गर्ने प्रयोगकर्ताले गाडीसँगै विद्युतीय यातयातको नयाँ अनुभवसँग पनि जोडिन सक्ने अपेक्षा कम्पनीको छ ।