२०५३ सालबाट निरन्तर प्रकाशित अटो नेपाल, मासिक पत्रिकाले बिगत २ वर्ष अघिबाट शुरु गरिएको सिइओ अफ द इयरको अवार्ड यसवर्ष एमएडब्लु बृद्धि मोटर्स प्रालीका सफल सिइओ प्रसन्त पन्तलाई प्रदान गरेको छ ।
यस अघि २ वर्ष पहिला सिइओ हेमन्त पुरानिकलाई सिइओ अफ द इयर घोषणा गरेको थियो ।
उहाँ अहिले पनि अटो क्षेत्रमा नैं एक प्रतिष्ठित कम्पनीमा कार्यरत छन् ।
अटो नेपालले शुरुका दिनदेखी नैं सेवा देशभरी दिदैं आइरहेको प्रकाशक रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रसन्त पन्त हाल एमएडब्लु बृद्धी मोटर्स प्रालीको सिइओको रुपमा काम गरिरहेका छन् ।
अहिले त्यो कम्पनीले सेरेस, नामी ब्राण्डका चर्चित गाडीको आयात तथा बिक्री गरिरहेको छ । अटो नेपालले उनलाई सिइओ अफ द इयर घोषणा गरेको छ ।
उनको कर्मको योगदाको कारण उनलाई सिइओ अफ द इयर दिएको अटो नेपालका एमडी भुषणकुमार श्रेष्ठले जनाएका छन् । उनको अध्ययन, अनुभव, मेहनत र सफलता साँच्चै तारिफ गर्न योग्य रहेको छ ।
२०२१ मा पन्तले लामो अनुभवका साथ एमएडब्लु बृद्धी अन्तर्गत चाङ्गन गाडीको बिजनेश हेडको रुपमा काम सुरु गरे ।
त्यसपछी सेरेस र नामी ब्राण्डको प्यासेन्जर सेगमेन्टको गाडी हेर्दै एमएडब्लु बृद्धी मोटर्स प्रालीको सिइओको रुपमा उदाए ।
उनले सिइओ हुनु अगाडी यो समुहमा प्रवेश गरेपछी धेरै राम्रो टिम खडा गर्न सफल भए । त्यो टिम मार्फत सिस्टम बसाए ।
उनले भौतिक पुर्वाधार सहित एउटा दरिलो संगठन बनाए । उनको पहलमा कम्पनीले नयाँ आर्कषक शोरुम समेत बनायो ।
कम्पनीमा उनी आएपछि लन्च भएका ३ वटा मोडलले गतवर्ष नाडामा सबैभन्दा बढी बुकिङ लिन सफल भयो ।