बजाजका इलेक्ट्रिक स्कुटर रुचाउने उपभोक्ताका लागि खुसीको खबर आउन सक्ने देखिएको छ । प्रारम्भिक जानकारीअनुसार बजाज चेतकका दुई नयाँ मोडल सी२५०१ र सी३५०३ नेपाली बजारमा भित्रिने तयारीमा रहेका छन् ।
चेतक सी२५०१ कम्पनीको तुलनात्मक रूपमा किफायती विकल्प हुने अपेक्षा गरिएको छ।
यसमा २.५ किलोवाट-आवर (kWh) क्षमताको ब्याट्री, ११३ किलोमिटर (आई डी सी) सम्मको रेन्ज, ६० किलोमिटर प्रतिघण्टाको अधिकतम गति तथा करिब ४ घण्टामा पूर्ण चार्ज हुने बताइएको छ।
त्यसैगरी चेतक सी३५०३ लाई प्रिमियम भेरियन्टका रूपमा ल्याइने अपेक्षा गरिएको छ।
यसमा ३.५ किलोवाट – आवार ब्याट्री रहनेछ, जसले १५३ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ। साथै, डिजिटल डिस्प्ले र विभिन्न स्मार्ट फिचरहरू पनि यसमा समावेश हुने अपेक्षा गरिएको छ।
यद्यपि, बजाज नेपालको तर्फबाट यी दुवै मोडलबारे अहिलेसम्म आधिकारिक घोषणा गरिएको छैन।
यसैबीच, आगामी अगस्टमा आयोजना हुने नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नजिकिँदै गएकाले यी दुई नयाँ इलेक्ट्रिक स्कुटर सोही अटो शोमार्फत नेपाली बजारमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।