नारायणी यातायात व्यवसायी संघको साधारणसभा सम्पन्न

देशकै पुरानो तथा अग्रणी यातायात व्यवसायी संस्था नारायणी यातायात व्यवसायी संघको ३७ औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशन  सम्पन्न भएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता संघका अध्यक्ष हिरालाल श्रेष्ठले गर्नुभएको थियो ।

समारोहमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज), यातायात बिज्ञ एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्र नाथ कर्माचार्य,  उपाध्यक्ष धर्मराज रिमाल, महासचिव भरत नेपाल तथा  सचिव चेतप्रसाद गौतम लगायतको विशेष उपस्थिति रहेको थियो ।

त्यसैगरी जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, ढुवानी व्यवसायी महासंघ नेपालका केन्द्रीय पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, यातायात क्षेत्रका विभिन्न महासंघका केन्द्रीय पदाधिकारी, प्रदेश संयोजक, संघमा आबद्ध व्यवसायी, मजदुर तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने वक्ताहरूले नेपालको यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै व्यवसायीहरूको हकहित संरक्षण, सार्वजनिक सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा संस्थागत एकता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

संघको निर्धारित तालिका अनुसार २७ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सम्पन्न भई सरोजकुमार खनालको नेतृत्व मा नयाँ कार्यसमिति चयन भएको छ।

अध्यक्ष खनाल सहित वरिष्ठ उपाध्यक्षविष्णु बिडारी उपाध्यक्ष (हेटौंडा) शालिकराम ढकाल उपाध्यक्ष (वीरगन्ज) बिनोद मानन्धर उपाध्यक्ष (चितवन) शंकर गिरी महासचिव राजेश खड्गी सचिवहरु देबनारायण लामिछाने, कपिल बानिया, सुरेश खड्गी र विष्णु पङेनी सदस्यमा हेटौंडा यात्रुबाहक डम्बर बहादुर गोपाली, चितवन यात्रुबाहक नविन भण्डारी, वीरगन्ज खुला सदस्य श्याम प्रसाद उप्रेती, काठमाडौ सदस्य इन्द्र कुमार त्रिपाठी निर्विरोध निर्वाचित भएका थिए ।

शाखा उपाध्यक्ष काठमाडौंका लागि केशव कुमार उप्रेती, कोषाध्यक्ष ठाकुरनाथ सुवेदी, सहकोषाध्यक्षमा कुमार बर्तौला मतदान मार्फत विजयी भएका थिए ।

मतदान मार्फत विजयी हुने अन्य सदस्यहरुमा कमल बहादुर शाह, इन्द्रकुमार भोलन, गोविन्द रेग्मी, तिलक बहादुर कार्की, पूरुषोत्तम पुडासैनी, भिम प्रसाद बास्तोला र विष्णुलाल श्रेष्ठ रहेका छन् काठ्माण्डौ उपाध्यक्ष पदमा विजयी केशव कुमार उप्रेतीले ७७२ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी माधव सुवेदीले ४१३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी कोषाध्यक्षमा ठाकुर नाथ सुबेदीले ८५७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी राजन पन्तले २७४ मत प्राप्त गरेका थिए भने सह कोषाध्यक्षमा कुमार बर्तौलाले सर्वाधिक ९४७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी वासुदेव तिमिल्सिनाले १५२ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा विष्णु लाल श्रेस्ठले सर्वाधिक ८२९मत प्राप्त गरेका थिए भने अन्य सदस्यहरुमा तिलक कार्की र श्याम बास्तोलाले समान ७६६ गोविन्द रेग्मी ७३२ तथा पुरुषोत्तम पुडासैनी र इन्द्रकुमार भोलनले समान ७२८ मत प्राप्त गरेका थिए ।

अधिवेशन अन्तर्गत शुक्रबार उद्घाटन तथा बन्द सत्र, शनिबार मतदान तथा मतगणना कार्यक्रम तोकिएको थियो । आइतबार निर्वाचनको अन्तिम नतिजा प्रमाणिकरण गरिएकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *