कुन यात्रुवाहक सार्वजनिक सवारीमा कस्ता उपकरण राख्ने ?

सफा टेम्पो र ट्याक्सी: टेम्पो र ट्याक्सीमा अगाडिको ड्यासक्याम तथा क्याबीन क्यामेरासहितको सुरक्षा निगरानी क्यामेरा प्रणाली तथा चालकको पहुँचभित्र एक र यात्रु क्याबीनको मध्य भागमा एक गरी दुईवटा एसओएस बटन जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तर चालक अनुगमन प्रणाली(डीएमएस), पछाडिको ड्यासक्याम, अग्नि नियन्त्रक र प्राथमिक उपचार किट वक्स जडान गर्नुपर्ने छैन ।

जीप, भ्यान, पिकअप: यस्ता सवारी साधनमा अगाडिको ड्यासक्याम, पछाडिको ड्यासक्यामसहितको सुरक्षा निगरानी क्यामेरा प्रणालीका साथै चालक अनुगमन प्रणाली(डीएमएस) तथा चालक र यात्रुको पहुँचभित्र हुनेगरी ३ वटा एसओएस वटन जडान गर्नुपर्नेछ ।

माइक्रोबस र मिनिबस: अगाडिको ड्यासक्याम, पछाडिको ड्यासक्याम, क्यावीन क्यामेरासहित सुरक्षा निगरानी क्यामेरा, चालक अनुगमन प्रणाली (डीएमएस) तथा चालकको पहुँचमा एक, अगाडिको यात्रु वा प्रवेश स्थलनजिक एक तथा यात्रु क्याबीनमा समानुपातिक रुपमा ३ वटा एसओएस वटन जडान गर्नुपर्नेछ ।

ठूलो बस बस: यात्रुवाहक सार्वजनिक बसमा भने अगाडिको ड्यासक्याम, पछाडिको ड्यासक्याम, यात्रु र क्यावीनको अगाडि र पछाडि गरी क्याबीन क्यामेरासहितको सुरक्षा निगरानी क्यामेरा प्रणाली, चालक अनुगमन प्रणाली(डीएमएस) तथा चालकको पहुँचभित्र एक, अगाडिको यात्रु वा प्रवेशस्थल नजिक एक तथा यात्रु क्याबीनमा समानुपातिक रुपमा आवश्यक संख्यामा एसओएस वटन जडान गर्नुपर्नेछ ।

पर्यटक बस: सवारीको अगाडिको ड्यासक्याम, पछाडिको ड्यासक्यामसहितको सुरक्षा निगरानी क्यामेरा प्रणाली, चालक अनुगमन प्रणाली(डीएमएस) र चालकको स्थानमा एक र यात्रु क्याबीनभित्र एक एसओएस वटन जडान गर्नुपर्नेछ ।

पर्यटक कार र जीप: सवारी साधनको अगाडिको ड्यासक्याम तथा पछाडिको ड्यासक्यामसहितको सुरक्षा निगरानी क्यामेरा प्रणाली, मापदण्डअनुसारको संख्या र स्थानमा एसओएस वटन जडान गर्नुपर्नेछ ।

पर्यटक माइक्रो र भ्यान: सवारी साधनको अगाडिको ड्यासक्याम, पछाडिको ड्यासक्यामसहितको सुरक्षा निगरानी क्यामेरा प्रणाली, चालक अनुगमन प्रणाली(डीएमएस) र तोकिएको संख्या र स्थानमा एसओएस वटन जडान गर्नुपर्नेछ ।

ट्रक र ट्याँकर: सवारीमा जडित उपकरणको तथ्याँक संकलन, एकीकरण तथा प्रेषण गर्ने हेड युनिट, सवारी साधनको अगाडिको ड्यासक्याम, चालकलाई सहयोग गर्ने रिभर्स असिस्ट क्यामेरा, चालक अनुगमन प्रणाली(डीएमएस), सवारी साधनको प्रत्येक एक्सलमा पर्ने भार मापन तथा अभिलेख गर्ने एक्सल भार मापक उपकरण, मापदण्डअनुसारको संख्या र स्थानमा एसओएस वटन जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मिनि ट्रक: मापदण्डअनुसार मिनि ट्रकमा सवारी साधनमा जडित उपकरणको तथ्याँक संकलन, एकीकरण तथा प्रेषण गर्ने हेड युनिट, सवारी साधनको अगाडिका ड्यासक्याम, सवारी साधनको रिभर्स गर्दा चालकलाई सहयोग गर्ने रिभर्स असिस्ट क्यामेरा, चालक अनुगमन प्रणाली(डीएमएस) र मापदण्डअनुसार संख्या र स्थानमा एसओएस वटन जडान गर्नुपर्नेछ ।

मालवाहक पिकअप: यस्ता मालवाहक सवारी साधनमा हेड युनिट, सवारी साधनको अगाडिको ड्यासक्याम, चालक अनुगमन प्रणाली(डीएमएस), रिभर्स असिस्ट क्यामेरा र तोकिएको संख्या र स्थानमा एसओएस वटन जोड्नुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *