आइतबारदेखि कामा ईभीको निःशुल्क सर्भिस क्याम्प,

काठमाडौं– कामा ब्रान्डका विद्युतीय पिकअप र कन्टेनरका लागि चारदिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन हुने भएको छ। नेपालका लागि कामाको आधिकारिक वितरक मेगा मोटर्सले आइतबारदेखि धुम्बाराहीस्थित आफ्नो सर्भिस सेन्टरमा क्याम्प आयोजना गर्न लागेको हो।

कम्पनीका अनुसार क्याम्पमा कामाका विद्युतीय पिकअप र कन्टेनरको विस्तृत प्राविधिक परीक्षण गरिनेछ। यसका लागि उत्पादक कम्पनीबाट आएका इन्जिनियरहरूले नै गाडीको निरीक्षण तथा आवश्यक प्राविधिक परामर्श प्रदान गर्नेछन्।

क्याम्पमा गाडीको चेकजाँच गर्दा कुनै पनि लेबर चार्ज नलाग्ने कम्पनीले जनाएको छ। ब्रेक, सस्पेन्सन, ब्याट्री, मोटर, बीएमएस (Battery Management System) लगायतका प्रमुख पार्टपुर्जाको अवस्था परीक्षण गरिनेछ भने आवश्यक परे प्राविधिक सुझाव पनि दिइने कम्पनीको भनाइ छ।

चार दिनसम्म सञ्चालन हुने यो सर्भिस क्याम्प असार ३२ गतेसम्म जारी रहनेछ। आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न तथा सम्भावित प्राविधिक समस्या समयमै पहिचान गर्न क्याम्पमा सहभागी हुन कम्पनीले सबै कामा ईभी प्रयोगकर्तालाई आग्रह गरेको छ।

कामा ब्रान्डका विद्युतीय पिकअप र कन्टेनर नेपाली बजारमा व्यावसायिक प्रयोजनका लागि लोकप्रिय बन्दै गएका छन्। विशेषगरी सहरी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी, दूध, पानी तथा माछामासुजस्ता सामग्री ढुवानीमा यी सवारीसाधन व्यापक रूपमा प्रयोग हुँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *