नेपालमा लिपमोटर बि०३ को आगमन, नाइमा मोबिलिटी एक्स्पोमा पहिलो प्रदर्शन हुने

काठमाडौं – लिपमोटरको नयाँ विद्युतीय एसयूभी B03 (चीनमा A10) चाँडै नेपाली बजारमा सार्वजनिक हुने भएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक आयातकर्ता शाङ्ग्रिला मोटर्स प्रालिले पहिलो B03 चीनबाट नेपालतर्फ प्रस्थान गरिसकेको पुष्टि गरेको छ।

कम्पनीका अनुसार यो गाडी आगामी नाइमा मोबिलिटी एक्स्पोमा पहिलोपटक नेपाली ग्राहकमाझ प्रदर्शन गरिने अपेक्षा गरिएको छ।

लिपमोटर B03 दैनिक प्रयोगलाई सहज बनाउने आधुनिक प्रविधिसहितको इलेक्ट्रिक एसयूभी हो। यसमा १०० किलोवाट क्षमताको फ्रन्ट-ह्विल ड्राइभ (FWD) मोटर रहेको छ, जसले २०० एनएम टर्क उत्पादन गर्छ।

यसमा १८ इन्चका एलोय ह्विल, १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, लेभल–२ ADAS असिस्ट प्रणाली तथा ५१० लिटर क्षमताको बुट स्पेस उपलब्ध हुनेछ।

कम्पनीका अनुसार नेपाली बजारमा B03 दुई भेरियन्टमा उपलब्ध हुनेछ। दुवै भेरियन्टमा फरक क्षमताका ब्याट्री र केही फिचरमा भिन्नता रहनेछ।

चीनमा A10 नामबाट बिक्री भइरहेको यस मोडलले राम्रो बजार प्रतिक्रिया पाएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार गत जुन महिनामा मात्रै लिपमोटरले ९३ हजार ३७६ वटा गाडी बिक्री गरेको थियो।

स्टेलान्टिस समूहको सहकार्यमा सञ्चालित लिपमोटर विश्वव्यापी रूपमा विस्तार भइरहेको विद्युतीय सवारी ब्रान्ड हो। कम्पनीको बिक्री तथा सेवा सञ्जाल ४० भन्दा बढी देशमा फैलिएको छ, जहाँ १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा छन्।

कम्पनीले नेपाली बजारमा पनि B03 किफायती विद्युतीय एसयूभी खण्डमा बलियो प्रतिस्पर्धी बन्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *