निसानले नयाँ टेक्टन लन्च गर्ने

निसानले यसै साता भित्र आफ्नो नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गर्ने तयारी गरिरहेको छ।

निसान टेक्टनलाई आधुनिक र प्रिमियम लुकका साथमा लन्च गरिने रिपोर्टले जनाएको छ ।

निसान टेक्टन एक्सटेरियर डिजाइनमा कनेक्टेड एलईडी डे टाइम रनिङ लाइट, एलईडी हेडलाइट र टेललाइट, १८ इन्चका अलोय ह्विल, रूफ रेल, शार्क फिन एन्टेना, रियर वाइपर तथा स्पोइलर जस्ता आकर्षक फिचर समावेश हुने सम्भावना छ।

यसको इन्टेरियरमा १०.१ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र वायलेस मोबाइल चार्जिङ सुविधा उपलब्ध गरिनेछ ।

यात्रुलाई थप आरामदायी अनुभव दिन प्यानोरामिक सनरुफ र भेन्टिलेटेड सिट पनि समावेश गरिने सम्भावना रहेको छ ।

सेफ्टीका लागि यसमा ३६० डिग्री क्यामेरा र लेभल–२ एडास जस्ता आधुनिक सेफ्टी प्रविधि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

इन्जिनको बारेमा भने कम्पनीले अझै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। तर सो एसयूभी १.३ लिटरको स्ट्रङ हाइब्रिड इन्जिन र १.८ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पसहित आउने अनुमान गरिएको छ।

सो दुवै इन्जिनसँग म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुन सक्ने बताइएको छ।

कम्पनीले आफ्नो नयाँ निसान टेक्टन यसै साताभित्र आधिकारिक रूपमा लन्च गर्ने तयारी गरेको छ।

भारतमा लन्च भएकै दिनदेखि यसको बुकिङ पनि खुला गरिने अपेक्षा गरिएको छ। यसको प्रारम्भिक मूल्य करिब १० लाख २० हजार भारु हुने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *