भारत हैदरावादको फ्रेशपोड इन्डियाले उत्पादन गरेको मेसिनको नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेशपोड प्रालिले नेपालमा पहिलो पटक हेलमेट स्यानिटाइजिङ मेसिन भित्राएको हो ।
गैरे प्रतिष्ठान प्रालिका अध्यक्ष प्रेमराज गैरेका अनुसार हेलमेट प्रया्ग गर्नेहरुको स्वास्थ्यलाई मध्यनजर गरी मेशिन भित्राएर देशभर विक्रि वितरण गर्न थालेको बताए ।
एक समारोहबीच लन्च गरिएको उक्त मेसिनले लामो समय हेलमेट प्रयोग गर्दा पसिना, धुलो, ब्याक्टेरिया र दुर्गन्ध जस्ता समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्राइएको हो।
उनले मेसिनमा अनलाइन क्यूआर भुक्तानी प्रणाली समेत जडान गरिएको जानकारी दिँदै ग्राहकले नगद बोक्नुपर्ने झन्झटबिनै डिजिटल माध्यमबाट सहज रूपमा सेवा शुल्क भुक्तानी गर्न सक्ने बताए ।
गैरे फ्रेसपोडका अध्यक्ष प्रवेशराज गैरेका अनुसार यो मेसिनले हेलमेट स्यानिटाइजिङ मेसिनको मूल्य नेपालमा भ्याटसहित ५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
५ मिनेटमा हेलमेटभित्रको धुलो, दुर्गन्ध र जीवाणु हटाई हेलमेटलाई सफा, स्यानिटाइज र सुगन्धित बनाउँछ। मेडिकल ल्याब परीक्षणबाट प्रमाणित यो प्रविधिबाट स्यानिटाइज गरिएको हेलमेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ।
गैरे फ्रेसपोडले एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपैयाँ सेवा शुल्क निर्धारण गरेको कम्पनीको म्यानेजिङ डाइरेक्टर प्रिया गैरेले जानकारी दिइन् ।
कम्पनीका अनुसार यो सेवा विशेषगरी मोटरसाइकल चालक, राइडर, डेलिभरी सेवा प्रदायक तथा दैनिक हेलमेट प्रयोगकर्ताका लागि उपयोगी हुनेछ।
नियमित हेलमेट सरसफाइले छालासम्बन्धी समस्या तथा संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।
कम्पनीले बिहीबारदेखि नेपालमा औपचारिक रूपमा बिक्री सुरु गर्दै आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल, मोटरसाइकल सर्विस सेन्टर आदि स्थानमा सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।
मेसिन उत्पादक भारतीय कम्पनी फ्रेशपोडका सञ्चालक भास्कर लखजूका अनुसार फ्रेशपोडले भारतमा गोल्ड मेडल तथा सर्बिया, थाइल्यान्ड, मलेसिया र चीनमा आयोजित अन्तर्राष्ट्रिय इनोभेसन प्रदर्शनीहरूमा समेत अन्तराष्ट्रीय अवार्ड प्राप्त गरेको छ।
कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसनका केन्द्रीय सचिव मेघराज पौडेल, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे लगायतले हेल्मेट स्वच्छताका लागि यो मेसिन प्रभावकारी हुने धारणा राखे ।
शक्तिशाली यूभी–सी प्रविधि र ड्राइ फग डिसइन्फेक्सन प्रणाली मार्फत हेल्मेटमा रहेका कीटाणु, ब्याक्टेरिया तथा भाइरसमध्ये ९९.९ प्रतिशतसम्म नष्ट हुने दाबी गरिएको छ।
फुल–फेस र ओपन–फेससहित सबै प्रकारका हेल्मेटमा यसको प्रयोग गर्न सकिने जनाइएको छ।
मेसिनमा रहेको उच्च क्षमताको यूभी–सी प्रकाशले हानिकारक सूक्ष्मजीवलाई नष्ट गर्ने तथा ड्राइ फग प्रविधिले हेल्मेटको भित्री भागका सबै कुनासम्म पुगेर प्रभावकारी रूपमा स्यानिटाइज गर्ने कम्पनीको दाबी छ।
यसमा कुनै हानिकारक रसायन प्रयोग नगरिने भएकाले यो वातावरणमैत्री रहेको जनाइएको छ।
प्राकृतिक सुगन्धको प्रयोगले हेल्मेटलाई ताजापन प्रदान गर्नुका साथै उन्नत सेन्सर र सुरक्षा प्रणालीले सुरक्षित र भरपर्दो रूपमा स्यानिटाइजेसन प्रक्रिया सम्पन्न गर्ने कम्पनीले जनाएको छ।
डा. मनोज गैरेले दैनिक प्रयोग हुने हेल्मेटमा पसिना, धुलो, दुर्गन्ध तथा विभिन्न प्रकारका सूक्ष्मजीव जम्मा हुन सक्छन्, जसले हेल्मेटको सरसफाइसँगै प्रयोगकर्ताको स्वास्थ्य र आराममा समेत असर पार्न सक्ने भएकाले हेल्मेट स्यानिटाइजिङ मेसिनले अत्याधुनिक स्यानिटाइजिङ फग प्रविधिमार्फत हेल्मेटको भित्री भागलाई प्रभावकारी रूपमा स्यानिटाइज गर्ने बताए ।
डा. गैरेका अनुसार फ्रेसपोड्स प्रणालीको नियमित प्रयोगले हेल्मेटको स्वच्छता कायम राख्न, दुर्गन्ध हटाउन तथा सवारी चालकको आराम र स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।