बीवाईडीका गाडीहरुमा मूल्य बढ्यो

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बजेट मार्फत परिमार्जन भएको करको असरका कारण बीवाईडी एट्टो २ र एट्टो ३ को मूल्य बढाएको छ ।

बीवाईडी एट्टो २ को मूल्य पहिले भन्दा ३ लाख ४ हजार र एट्टो ३ को मूल्यमा २ लाख रुपैयाँ बढेको हो ।

बीवाईडी एट्टो २ को मूल्य अब ४८ लाख ९९ हजार पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ थियो ।

त्यसैगरी एट्टो ३ (एड्भान्स भेरिएन्ट) को मूल्य अब ६१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ थियो ।

सरकारले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमार्फत करको दर हेरफेर गरेसँगै विभिन्न कम्पनीहरुले मूल्यमा परिमार्जन गरिरहेका छन् ।

यसै अनुसार बीवाईडीले समेत मूल्य परिमार्जन गरेको हो, यस अनुसार कुनै मोडलको मूल्यमा कमी आएको छ भने कुनैमा बढेको छ ।

नेपाली बजारमा उपलब्ध बीवाईडीका अन्य मोडलका साथै एट्टो २ र एट्टो ३ लोकप्रिय मोडल हुन् ।

बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो २ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि दिइएको छ ।

यसमा १२.८ इन्चको रोटेटिङ टच स्क्रिन राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ ।

५१.१३ किलोवाट आवार क्षमताको ब्याट्री जडान भएर आएको यस कारले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो २ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्दछ ।

बीवाईडी एट्टो ३ मा पनि १०० किलोवाटको मोटर छ । यसमा ६०.४८ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ४२५ किलोमिटर रेन्ज दिन्छ ।

यी गाडीहरुमा एडास, ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, भ्वाइस कन्ट्रोल, एप्पल/एन्ड्रोइड कार प्ले,प्यानोरामिक सनरुफ लगायत आधुनिक फिचर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *