इलेक्ट्रिक गाडी नराम्रो भन्दा पनि चलाउने मान्छेको बुझाइ कति छ भन्ने कुरा आउँछ।
१५ दिन प्रहरी कार्यालयमा थन्किएको गाडी ग्यारेजमा मर्मतको लागि ल्याउन खोज्दा गाडी अन नै भएन रे ।
केही दिन अघि धरानबाट १५ प्रतिशत चार्ज बाँकी हुँदा…
– इलेक्ट्रिक गाडी ब्याट्रीले चल्ने हो, ब्याट्री सेल्फ डिस्चार्ज हुन्छ । झन् लो पर्सेन्टमा झन् चाँडै डिस्चार्ज हुन्छ । अझै तापक्रम र अरू वातावरणीय कुराहरूले पनि असर गर्छ ।
पेट्रोल गाडीमा जस्तो ट्यांकी बन्द गरेपछि जतिको त्यति नै पेट्रोल रहिराख्ने भन्ने हुँदैन ।
तर पेट्रोल गाडी पनि पेट्रोल सकेपछि स्टार्ट नहुने नै हो, यसमा फरक केवल इन्धनको मात्र हो ।
चारवटै चक्का लक भएका कारण
– इलेक्ट्रिक गाडीमा रिजेन हुन्छ जसले गर्दा गाडी गुड्दा पनि चक्काबाट मोटरमा विद्युत् प्रवाह भई ब्याट्री चार्ज हुने गर्छ ।
यस्तो अवस्थामा गाडी अन नहुँदा चक्का लक नै हुने गर्छ ताकि मोटरबाट नचाहिने ऊर्जा ब्याट्रीमा गएर ब्याट्री नबिग्रोस् भनेर ।
र भिडियोमा देखाइएको गाडी बिग्रिएको होइन, दुर्घटनामा परेको हो । बिग्रिनु र दुर्घटनामा पर्नु फरक कुरा हुन् ।
– इलेक्ट्रिक गाडी चढिसकेपछि केही कुराहरू सवारीधनीले ख्याल राख्नुपर्ने हुन्छ । पेट्रोल गाडीमा जस्तो एक जर्किन पेट्रोल बोकेर बाटोमै पेट्रोल हाल्छु भन्ने हुँदैन ।
चार्ज कहाँ गर्ने, आफ्नो गाडीले कति प्रतिशत ब्याट्रीमा कति रेन्ज दिन्छ, म जहाँ जाँदै छु त्यहाँ चार्ज गर्न मिल्छ कि मिल्दैन, यी सबै कुरा बुझ्नुपर्छ ।
पेट्रोल गाडीमा पनि सबैतिर पेट्रोल पम्प भएका र पेट्रोललाई सजिलै बोतलमा राख्न मिल्ने भएकाले मात्र प्रयोग गर्न सहज भएको हो । इलेक्ट्रिक गाडी र पेट्रोल गाडी फरक हुन्, यी दुवैको चल्ने प्रणाली फरक छ ।
त्यसैले यो प्रणाली गाडी चलाउने मानिसले पनि बुझ्नुपर्छ ।
नत्र जति नै राम्रो, महँगो र भरपर्दो गाडी किने पनि अन्त्यमा “कामै छैन” भन्ने अनुभव हुन सक्छ ।



