काठमाडौं-कालिन्चोक TSD मोटरसाइकल -याली सम्पन्न

अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजनामा काठमाडौं-कालिन्चोक टीएसडी मोटरसाइकल -याली सम्पन्न भएको छ । टुर डे हिमालयको नाममा र ब्रान्डमा गरिएको सो -याली आउँदो वर्ष देखि अन्तर्राष्ट्रिय स्तरको नेपाली ब्रान्ड बनाउने उद्देश्य सहित आयोजना गरिएको बताइएको छ ।

सातटोबाटो स्थित अल्पाइन स्पोर्ट्स फेडरेसनको कार्यालयबाट शुरु भएको सो -यालीमा २१ वटा मोटरसाइकल, ४१ जना खेलाडी तथा ८ जना प्राविधिक गरी ४९ जनाकोे सहभागिता रहेको थियो ।

एक्सपल्स राइडर्स क्लवको व्यवस्थापनमा सम्पन्न -याली बनेपा–दोलालघाट–खाडीचौर–मुडे–चरिकोट हुँदै कालिन्चोकको कुरी बजारमा पुगेर समापन भएको थियो ।

समय, गती र दूरीको सिस्टमलाई संयोजन गरी व्यवस्थापन गरिएको उक्त -यालीलाई विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले स्वागत गरेका थिए ।

नेपालको भूगोल र प्रकृति सुहाउँदो साहसिक खेल मार्फत दिगो पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित सो -यालीले दोलखालाई साहसिक खेलको गन्तव्य बनाउने विश्वास गर्न सकिने बताइएको छ ।

नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दशरथ रिसालले जेठ १५ गते फ्ल्याग अफ गरी शुभारम्भ भएको सो -यालीले ट्रान्स हिमालयन क्षेत्रको खेलकुदमा महत्वपूर्ण योगदान पु-याउने बताइएको छ ।

यसैबिच विश्व सगरमाथा दिवसको सन्दर्भ पारेर अल्पाइन स्पोर्ट्स फेडरेसनको पाँचौं वार्षिक साधारणसभा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा सम्पन्न भएको छ ।

अल्पाइन, विन्टर, पर्वतीय, साहसिक तथा पर्यटकिय खेलकुद मार्फत दिगो पर्यटन प्रवर्धनमा प्रतिबद्ध महासंघले समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मिक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा यही जेठ १५ र १६ मा साधारणसभा सम्पन्न गरेको हो ।

सोही अवसरमा कालिन्चोक क्षेत्रमा हाई अल्टिच्युड टग अफ वार प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिता नेपालकै सबैभन्दा अग्लो स्थानमा आयोजना गरिएको हो ।

कोशी, बागमती, कर्णाली–सुदुरपश्चिम तथा दोलखा गरी ४ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले पहिलो स्थान हासिल गरेको छ ।

यस अघि बागमतीले कर्णाली–सुदुरपश्चिमलाई २–१ ले हरायो भने कोशीले दोलखालाई २–० ले पराजित गर्न सफल भयो । प्रत्येक टोलीमा ८ जना मुख्य तथा २ जना वैकल्पिक गरी ४० खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *