नेपालमा ओमोडा E5 (OMODA E5) को अभूतपूर्व सफलता र १५०० भन्दा बढी गाडीहरू गुडिरहेको अवस्थामा, थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ ‘E5 Pro’ नेपाल भित्रिने भएको छ।
ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका अनुसार यो नयाँ गाडी आकर्षक भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर र अत्याधुनिक सुरक्षा प्रविधिसहित आधुनिक नेपाली उपभोक्तालाई लक्षित गरी आउन लागेको हो।
हाल बजारमा उपलब्ध ओमोडा E5 मा ५४०-डिग्री क्यामेरा, १८-इन्च अलोय ह्विल, १९ भन्दा बढी एडास (ADAS) सुरक्षा फिचर, ८-स्पिकर साउन्ड सिस्टम र ५० वाटको वायरलेस चार्जर जस्ता प्रिमियम प्रविधिहरू समावेश छन्।
अब छिट्टै सार्वजनिक हुने नयाँ E5 Pro मार्फत ब्रान्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
नेपालमा इभी पूर्वाधार र प्रिमियम इलेक्ट्रिक एसयूभी प्रति आकर्षण बढिरहेका बेला नयाँ ओमोडा E5 प्रो को आगमनले बजारलाई थप आधुनिक दिशामा लैजाने विश्वास गरिएको छ।