Skip to content
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ढुवानीतर्फको वर्गीय संयोजक पदमा मनोज रसाइली निर्विरोध चुनिएका छन्।
पोखरामा आयोजित महासंघको सातौँ राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्मत रूपमा यस जिम्मेवारीका लागि चयन गरेको हो।

रसाइली हाल गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको अध्यक्षका रूपमा समेत कार्यरत छन्।
ढुवानी क्षेत्रको नेतृत्वदायी भूमिकामा उनको यो नयाँ यात्राले व्यवसायिक हकहितमा थप बल पुग्ने अपेक्षा गरिएको छ।
Post Views: 9