एमएडब्लुमाथिको आरोप निराधार भएको दाबी

एमएडब्लु समूहले आफूमाथि लागेका भन्सार, भ्याट र कर छलीका सबै आरोपहरू तथ्यहीन र भ्रामक भएको दाबी गरेको छ।

समूहले एक विज्ञप्ति जारी गर्दै यी आरोपहरू कम्पनीको छवि बिगार्ने र प्रधानमन्त्री कार्यालयलाई भ्रममा पार्ने उद्देश्यले लगाइएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:

  • भन्सार छली होइन, बेरुजु: फोटोन ईभी आयात गर्दा नियमानुसार नै भन्सार तिरिएको तर महालेखा परीक्षकको कार्यालयले फरक ‘एचएस कोड’ मा राखेकाले बेरुजु देखिएको समूहको भनाइ छ। यो प्रशासनिक बेरुजु मात्र भएको र यसबारे सर्वोच्च अदालतले अन्तरिम आदेश (स्टे अर्डर) समेत जारी गरिसकेको छ।

  • मोरङ अटो वर्क्सको स्पष्टीकरण: २०६७ सालको भ्याट सम्बन्धी विवादमा तोकिएको सम्पूर्ण कर र जरिवाना चुक्ता गरिसकेको र हाल कम्पनी बन्द नभई सञ्चालनमै रहेको समूहले जनाएको छ।

  • राज्यलाई योगदान: एमएडब्लु समूहले आर्थिक वर्ष २०८१/८२ मा मात्रै राज्यलाई साढे ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको र ५ हजारभन्दा बढीलाई रोजगारी दिएको बताएको छ।

  • विधिको शासनमा प्रतिबद्ध: समूहले आफू नेपालको कानुन र नियमन भित्र रहेर कारोबार गर्ने र सर्वाधिक कर तिर्नेमध्येको एक इमानदार व्यावसायिक घराना भएको दाबी गरेको छ।

  • मिडिया ट्रायलको विरोध: केवल उजुरीको भरमा तथ्य जाँच नगरी व्यवसायीलाई दोषी करार गरेर ‘मिडिया ट्रायल’ गर्दा लगानीको वातावरणमा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *