लायन्स क्लव अफ काठमाडौं अटो सोसियल फ्रेण्डस, लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथको संयुक्त आयोजना र अटो नेपाल, पत्रिकाको सहयोगमा पानीपोखरीस्थित तपाईकोबजारको अफिसमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा २२ जनाले रक्तदान गर्नुका साथैं सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।
हाल रगतको निकैं अभाव भईरहेको परिस्थितीमा लायन्स क्लव अफ काठमाडौं अटो सोसियल फ्रेण्डसले नियमित रुपमा ३–३ महिनामा राजधानीको विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र यसलाई निरन्तरता दिने जोन चियरपर्सन बिकल श्रेष्ठले बताउनुभयो ।
रक्तदान कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपालका सिनियर लायन्स लिडरहरु र अन्य लायन्स क्लबका सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिक कर्पोरेट कम्युनिकेशन चिफ, लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।