काठमाडौं । बुढानीलकण्ठ क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक 3S सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा आएको छ ।
Wheelish Galore Pvt. Ltd. ले बुढानीलकण्ठ नगरपालिका–स्थित गणेश चोक नजिक आफ्नो नयाँ शोरुम आजबाट औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
नवनिर्मित शोरुमको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कम्पनीका अनुसार, बुढानीलकण्ठ क्षेत्रमा बढ्दो सवारी साधनको मागलाई ध्यानमा राख्दै आधुनिक सुविधा सम्पन्न 3S सेन्टर सञ्चालनमा ल्याइएको हो ।
यस सेन्टरमार्फत ग्राहकहरूले एउटै स्थानबाट सवारी खरिद (Purchase), मर्मत सेवा (Service) र आवश्यक स्पेयर पाट्र्स (Spare Parts) सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
स्थानीय बासिन्दा तथा यामाहा ग्राहकहरूलाई अब सेवा लिनका लागि टाढा जानु नपर्ने भएकाले यस शोरुमले ठूलो सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
साथै, कम्पनीले गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
बुढानीलकण्ठजस्तो विस्तार हुँदै गएको शहरी क्षेत्रमा यस्तो 3S सेन्टरको स्थापना हुनु अटोमोबाइल बजारका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ ।