भरतपुर/चितवन अटो शो २०२६ को तेश्रो दिन सम्पन्न रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
४४ पुरुष र ६ महिला गरी ५० जनाले रक्तदान गरेको कार्यक्रममा १० जना नयाँ रक्तदाताको सहभागिता रहेको थियो ।
चितवन अटो शोका कार्यक्रम संयोजक राजन पियाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभागका विभागीय प्रमुख गजेन्द्र अधिकारीले पहिलो रक्तदाता चितवन उद्योग संघ राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेलाई ब्लड ब्याग प्रदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको रक्तदान कार्यक्रममा चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद रेग्मी, चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी., ब्लड डोनर्स सोसाइटीका अध्यक्ष एकराज बुर्लाकोटी लगायतको सहभागिता रहेको थियो ।