चितवन अटो शोको प्रवद्र्धन र्‍याली

यही वैशाख १७ गतेदेखि सुरु हुने ‘चितवन अटो शो २०२६’ को प्रचारप्रसारका लागि वैशाख १६ गते बुधबार भव्य मोटरसाइकल र्‍याली सम्पन्न भएको छ।

चितवन एक्स्पो सेन्टर भरतपुरबाट सुरु भएको उक्त र्‍यालीमा अटोमोबाइल व्यवसायी र व्यावसायिक राइडरहरूको उल्लेख्य सहभागिता रहेको थियो।

हिमालयन राइडर्स र रोयल राइनो राइडर्सको प्राविधिक व्यवस्थापनमा आयोजित यस र्‍यालीमा ५० भन्दा बढी मोटरसाइकल सहभागी भएका थिए।

र्‍यालीले जिल्लाका मुख्य बजारहरू मालपोत चोक, पुलचोक, रामपुर, गीतानगर, टाँडी र पर्सा लगायतका स्थानहरूको परिक्रमा गरेको थियो।

अटो शोप्रति सर्वसाधारणको ध्यान तान्न र मेलाको माहोल बनाउन यो प्रवद्र्धनात्मक र्‍याली आयोजना गरिएको हो।

जिल्लाका विभिन्न चोकहरू घुम्दै सौराहा पुगेर दिवाभोजका साथ र्‍याली समापन गरिएको संयोजक अमृत जोशीले जानकारी दिए।

आजदेखि सुरु हुने अटो शोमा विभिन्न ब्रान्डका सवारीसाधन, बैंकिङ सुविधा र सांस्कृतिक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *