Skip to content
बतास अर्गनाइजेसन र एमएडब्लु इन्टरप्राइजेजको संयुक्त साझेदारी ‘बतास एमएडब्लु कमर्सियल भेहिकल्स’ले आफ्नो स्थापनाको तेस्रो वर्ष पूरा गरेको छ।
यस अवसरमा कम्पनीले देशभर रहेका आफ्ना शाखाहरू मार्फत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ।
कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा कर्मचारी र स्वयंसेवकहरूबाट ५१ युनिट रगत संकलन गरिएको छ।

त्यसैगरी, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ८७ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
वातावरण संरक्षणका लागि देशभरका १४ शाखाहरूमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको छ।
कम्पनीले मातातीर्थ वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न वितरण गर्नुका साथै उनीहरूसँगै भोजन गरेर आत्मीयता साटेको छ।
यस्ता गतिविधिले समुदायसँगको सम्बन्ध बलियो बनाउने र सामाजिक कल्याणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
Post Views: 10