विद्युतीय सवारीको प्रविधिहरू बुझ्दै ट्राफिक प्रहरीहरू

नाइमाको समन्वयमा र हेनरी भोल्ट्सको आयोजनामा आज “Basic EV Orientation” विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो, जसमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (KVTPO) का २० जना ट्राफिक प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले सवारी अवलोकन, प्रश्न–उत्तर सत्र तथा ड्राइभ अनुभव मार्फत विद्युतीय सवारीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरे।

कार्यक्रमको समापन गर्दै एस क्युब इन्टरप्राइजेजका अध्यक्ष तथा नेपालका लागि हेनरी भोल्ट्सका आधिकारिक आयातकर्ता  श्याम सापकोटाले नयाँ सवारी प्रविधिहरूको सही बुझाइ सबैका लागि आवश्यक भए पनि ट्राफिक प्रहरीका लागि अझ महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

उहाँले नागरिकको सेवामा दिन–रात खटिने ट्राफिक प्रहरी कर्मचारीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। साथै, हेनरी भोल्ट्सलाई किफायती, आधुनिक र शहरी प्रयोगका लागि उपयुक्त इलेक्ट्रिक गाडी ब्रान्डका रूपमा उल्लेख गर्दै यसले दिगो र स्वच्छ मोबिलिटीलाई प्रवर्द्धन गर्दै नयाँ पुस्ताको सवारी अनुभव प्रदान गरिरहेको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक (डीएसपी) केशर न्यौपाने ले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि यस्ता महत्वपूर्ण कार्यक्रमहरू आयोजना तथा समन्वय गरेकोमा हेनरी भोल्ट्स र नाइमा प्रति धन्यवाद व्यक्त गर्नुभयो।

यस कार्यक्रमको आयोजना ट्राफिक प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, विद्युतीय सवारी तथा उदीयमान सवारी प्रविधिहरूबारे व्यावहारिक बुझाइ विकास गर्ने तथा सडक सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो।

यसै सन्दर्भमा NAIMA र KVTPO बीच ट्राफिक प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिलाई सहयोग पुर्याउने उद्देश्यले ५ वर्षे रणनीतिक समझदारी (MoU) मार्फत सहकार्य गर्ने समझदारी व्यक्त गरिएको छ, र आगामी दिनहरूमा यस्ता पहलहरूलाई सम्भावना अनुसार निरन्तरता दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *