Skip to content
हेटौंडास्थित डी.एस. अटो प्रालिले मोन्त्रा कम्पनीको आधुनिक इलेक्ट्रिक अटो बजारमा सार्वजनिक गरेको छ।
बढ्दो पेट्रोलियम मूल्य र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले यो वातावरणमैत्री अटो भित्र्याइएको सञ्चालक सुलभ श्रेष्ठले बताउनुभयो।
यो अटोको कुल मूल्य ८ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ भने ग्राहकले ३ लाख ५० हजार डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन्।

नयाँ अटो लिन चाहनेका लागि पुराना मयुरी, अटो वा बाइकसँग साट्न सकिने आकर्षक एक्सचेन्ज सुविधा समेत उपलब्ध छ।
यो अटो एक पटकको पूर्ण चार्जमा समथर भागमा २२० किलोमिटर र पहाडी क्षेत्रमा करिब १९० किलोमिटरसम्म गुड्न सक्छ।
यसमा ओरालोमा गुड्दा आफैं चार्ज हुने रिजेनेरेटिभ प्रणाली र अत्याधुनिक अटो ब्रेक सिस्टम जस्ता विशेषताहरू रहेका छन्।
सस्तो र टिकाउ भएकाले हेटौंडाका यातायात व्यवसायीहरूमाझ यो मोन्त्रा इलेक्ट्रिक अटोले राम्रो चर्चा बटुलिरहेको छ।
Post Views: 108